तत्त्व
Romanized: tattv, tattwa, tattw, tattba
कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण।
२.
जगत् र सृष्टिका मूल कारण मानिने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश)।
३.
वास्तविक स्थिति वा यथार्थ कुरा।
४.
महत्त्वपूर्ण अंश; सार वस्तु; सारांश।
५.
आधुनिक रसायनशास्त्रका अनुसार अर्को पदार्थसँग बिल्कुलै अमिश्रित वा विशुद्ध कुनै पदार्थ।
६.
परमात्मा; परब्रह्म।