तप
Romanized: tap, tapa
कुनै अभिलषित सिद्धिप्राप्तिका निम्ति शरीर वा इन्द्रियलाई वशमा राखेर अटुट रूपमा चिन्तन मनन गर्ने प्रक्रिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै अभिलषित सिद्धिप्राप्तिका निम्ति शरीर वा इन्द्रियलाई वशमा राखेर अटुट रूपमा चिन्तन मनन गर्ने प्रक्रिया; विषयवासनाबाट अलग भई चित्तशुद्धि पार्न गरिने कष्टकर धार्मिक नियम; तपस्या।
२.
पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये एक।
३.
माघ महिना।
४.
ताप; गर्मी; ग्रीष्म ऋतु।
५.
ज्वरो ।