तुरीय
Romanized: turiy, tureeya, tureey, turiiy
चौथो; चतुर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चौथो; चतुर्थ।
२.
(नाम)
ब्रह्म वा परमात्माका साथ तदाकार हुन पुग्ने प्राणीका आत्माका चारौं अवस्था; भेदज्ञानको समाप्ति भई आत्मा ब्रह्मचैतन्य हुने योगको अवस्था; मोक्ष।
३.
मुखबाट उच्चारण हुँदाको वाणीको अवस्था; वाणीका परा, पश्यन्ती, मध्यमा र वैखरी चार भेदमध्ये एक (वैखरी)।
४.
विशेष गरी वास्तु र मूर्तिकलामा प्रयोग हुने चार अमल बराबरको नापो; चार इन्चीको नापो।
५.
वर्णाश्रमव्यवस्थाअनुसार वानप्रस्थ आश्रमभन्दा पछि ग्रहण गरिने सन्न्यासाश्रम; चतुर्थाश्रम।