दरपिठ
Romanized: darapith, darapitha
अड्डाअदालतमा दर्न लगिएका फिराद, उजुरी वा प्रमाणका निम्ति पेस गरिने कागतपत्र कानुनमा नलाग्ने, रीत नपुगेको वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी दर+सं. पीठ]
१.
अड्डाअदालतमा दर्न लगिएका फिराद, उजुरी वा प्रमाणका निम्ति पेस गरिने कागतपत्र कानुनमा नलाग्ने, रीत नपुगेको वा सो अड्डा, अदालतको अधिकार क्षेत्रमा नपर्ने भनी सम्बन्धित अधिकारीले उक्त बेहोरामध्ये कुनै वा सबै खोलेर कागतको पीठमा लेखिदिने मन्तव्य वा तोक।
२.
घरसारमा भएका लेनदेनका कागतमा साँवामध्ये केही मात्र बुझाउँदा वा व्याज बुझाउँदा पहिले भएको लिखत वा तमसुकको पीठमा उक्त बेहोरा खोली लेखेर असामीको सहीछाप गर्नेगराउने काम।