दाँत
Romanized: daamta, daamt, daanta, damt
मेरुदण्ड हुने धेरैजसो प्राणीहरूको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रने र टोक्ने, चपाउने, खाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दन्त]
१.
मेरुदण्ड हुने धेरैजसो प्राणीहरूको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रने र टोक्ने, चपाउने, खाने आदि काम लिइने फग्ल्याँटा आकारका बत्तिसवटासम्म हुने ससाना हाड जस्तै सेता अवयव।
२.
खाने, चपाउने आदि कामबाहेक केही वर्णको उच्चारणमा समेत सहायता गर्ने गिजामा उम्रिएका सोही हाडका अवयव।
३.
अन्न पिँध्नका निम्ति घट्ट, जाँतो आदिका ढुङ्गामा मसिनो पारेर कपिएको भाग वा तिखो ढँडो।
४.
हतियार आदिको धार।