दाग
Romanized: daaga, daag, dag, daga
दाग (daaga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दाग(१)
(नाम [फारसी])
१..
कुनै वस्तुमा केही लागेर परेको चिह्न, टाटो; धब्बा।
२..
कसैको चरित्रमा लागेको कलङ्क; दोष; अभियोग; लाञ्छना।
३..
पोलेको ठाउँमा बसेको घाउ आदिको खत।
४..
सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा।
दाग(२)
(नाम [संस्कृत दग्ध])
१..
डढाउने वा पोल्ने काम; दाह गर्ने काम; जलाउने काम।
२..
मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो।