दुध
Romanized: dudh, dudha
स्तनपायी प्राणीका स्त्रीजातिका स्तनबाट बच्चालाई खुवाउन निस्कने सेतो वा हल्का पहेंलो रङको पौष्टिक तरल पदार्थ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दुग्ध]
१.
स्तनपायी प्राणीका स्त्रीजातिका स्तनबाट बच्चालाई खुवाउन निस्कने सेतो वा हल्का पहेंलो रङको पौष्टिक तरल पदार्थ; दुग्ध; ओलन; दुध।
२.
स्त्रीजातिका छातीमा हुने दुई मांसपिण्ड; कुच; स्तन।
३.
पुरुषजातिका त्यस्तै अवयव।
४.
बस्तुभाउको दुध रहने फाँचो; कल्चौंडो; त्यस फाँचोबाट आउने सेतो तरल पदार्थ।
५.
फलफूल र रुखपातबाट आउने सेतो तरल पदार्थ; चोप।