दृश्य

Romanized: drishya, drishy, drisya, drisy

हेर्न वा देख्न सकिने; देखिने; चाक्षुस (दृश्य जगत् वा दृश्य वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हेर्न वा देख्न सकिने; देखिने; चाक्षुस (दृश्य जगत् वा दृश्य वस्तु)।
२.
ठिकसँग जान्न वा बुझ्न सकिने; ज्ञेय र स्पष्ट ।
३.
हेर्न लायक; दर्शनीय; मनोहर; सुन्दर।
४.
(नाम) देखिने वा हेर्न योग्य प्राकृतिक वा निर्मित स्थल, घटना, पदार्थ, वस्तु आदि।
५.
दर्शनीय स्थान।
६.
साहित्यमा, अभिनय हुन सक्ने वा हुने रचना; अभिनय काव्य; नाटक।
७.
नाटकको मञ्चनमा एक अङ्कभित्र अघिल्लो पर्दा खुलेर फेरि त्यही पर्दा बन्द नभएसम्मको एक अंश वा भाग; नाटकमा प्रस्तुतीकरणको सुविधाका दृष्टिले छुट्ट्‌याइएका कुनै एक घटनाको विभाग।
८.
आँखाकै अगाडि भएको कुनै तमासा वा मनोरञ्जक व्यापार।
९.
गणितमा अङ्कको रूपमा दिइएको ज्ञात सङ्ख्या।
१०.
शिक्षणकार्यमा प्रयोग गरिने स्लाइड, पोस्टर आदि सामग्री।

सम्बन्धित शब्दहरू