दोसाँध
Romanized: dosaamdha, dosaamdh, dosaandha, dosamdh
दुई राज्यका भूभाग छुट्ट्याउनका निम्ति प्रमाणित गरिएको एक निश्चित रेखा; सिमाना (बोर्डर)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुई+साँध]
१.
दुई राज्यका भूभाग छुट्ट्याउनका निम्ति प्रमाणित गरिएको एक निश्चित रेखा; सिमाना (बोर्डर)।
२.
दुई थरी जग्गा जोडिने निश्चित ठाउँ, साँध ।
३.
द्विविधा; दोधार; दोमन।
४.
दुई भिन्न थरीका अधिकार, व्यवस्था, स्थिति आदिको अन्तर वा बिच।
५.
अन्तिम अवस्था। (उदा.- बिरामी त दोसाँधमा पुगिसकेछ।)।
उदाहरण वाक्य
- बिरामी त दोसाँधमा पुगिसकेछ।