दोहोरी

Romanized: dohoree, dohorii, dohori

अड्डामा हाल साबिक हुँदा अकर्ण वासलातमा लेखिएको नगदी, जिन्सी आदि धेरै भएर बुझाउन नभ्याएका खण्डमा बुझ्नबुझाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दोहोरो+ई]

१.
अड्डामा हाल साबिक हुँदा अकर्ण वासलातमा लेखिएको नगदी, जिन्सी आदि धेरै भएर बुझाउन नभ्याएका खण्डमा बुझ्नबुझाउन नसकुन्जेलका लागि रोजरोजै बुझाएको वा बुझेको हो भनी साबिकवालाले हालवालालाई र हालवालाले साबिकवालालाई सहीछाप गरी दिने लिखत कागत; दोहोरो।
२.
साहुलाई गरिदिएका लिखतको साहु तथा आसामी दुवै थरीले लिने एक-एक प्रति सक्कल कागत।
३.
बिहामा जन्ती पर्छपछि र दुलही अन्माउनुअघि जन्तीलाई खुवाइने भोजन।
४.
दुलाहा वा दुलही कुनै एक पक्षले दुवै पक्षमा लगाउने खर्च।
५.
दुई जना परस्पर मुख हुने गरी उभिएर पालैपालो मच्चाउँदै खेलिने पिङको खेल।
६.
केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत; जुहारी; दोहरी।
७.
(विशेषण) दुवैतिरको; दुवैतिर हुने।

सम्बन्धित शब्दहरू