द्रव्य

Romanized: dravy, drawya, drawy, drabya

वस्तु, पदार्थ; चिज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वस्तु, पदार्थ; चिज ।
२.
अरू मालसामान तयार पार्ने सामग्री; उपकरण; साधन (तामा, चाँदी, माटो, कपास इ.)।
३.
क्रिया र गुण अथवा गुण मात्रको आश्रय भएको तत्त्व वा पदार्थ। (वैशेषिक दर्शनअनुसार पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिक्, आत्मा र मन- यी नौ पदार्थ।
४.
धनसम्पत्ति; दौलत।
५.
जरीबुटी वा औषधी।
६.
धातु।

सम्बन्धित शब्दहरू