धर्म
Romanized: dharm, dharma
व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव।
२.
स्वाभाविक गुण; सहज वृत्ति।
३.
स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य; पुण्य कर्म।
४.
कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो- मानवधर्म, नारीधर्म, युगधर्म इ.)।
५.
असल आचरण; सदाचार; नियम।
६.
पुण्य; सत्कर्म ।
७.
ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म।
८.
कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय।