धसान
Romanized: dhasaana, dhasaan, dhasan, dhashaana
बर्सादका पानीले गल्दा भिरालो जमिनको माटो सोहोरिएर झर्ने प्रक्रिया; धस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बर्सादका पानीले गल्दा भिरालो जमिनको माटो सोहोरिएर झर्ने प्रक्रिया; धस्ने काम।
२.
गिलो, फुको, हलुको वा थलथले जमिनमा गह्रौँ वस्तुले थिच्ता माटो तलतिर खाँदिने चाल।
३.
भासिने खालको जमिन।
४.
दलदल, धाप।