धारा
Romanized: dhaaraa, dhaara, dharaa, dhaar
पानी वा पन्यालो पदार्थको लगातारको बहाइ; प्रवाह; धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी वा पन्यालो पदार्थको लगातारको बहाइ; प्रवाह; धार।
२.
निरन्तर चलिरहेका कुनै कुराको क्रम।
३.
छहरो; छाँगो; झर्ना।
४.
ऐन-कानुन, नियम, विधान आदिको दफा; खण्ड।
५.
पानी भुईंमा खस्ने पाइप, हुँड आदि; धारो।