धुत्नु

Romanized: dhutnu

लोभलालच देखाएर वा फकाईफुल्याई कसैसँग भएको मालताल आदि लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत धुत+नु]

१.
लोभलालच देखाएर वा फकाईफुल्याई कसैसँग भएको मालताल आदि लिनु।
२.
जबरजस्तीसँग अरूको वस्तु लिनु; खिच्नु; तान्नु।
३.
अरूको गोप्य रहेको वा रहस्यको कुरो खुस्काउनु।

सम्बन्धित शब्दहरू