धुनु
Romanized: dhunu
कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत धावन]
१.
कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु।
२.
बिहान उठेर मञ्जन, कुल्ला आदि गरी सबै मुख पखाल्नु; मुखारी गर्नु।
३.
टाढाका साइनुको जुठो हटाउन मुख पखाल्नु।
४.
मनमा रहेको दाग, क्लेश आदि सबै निकाल्नु।