धुन
Romanized: dhun, dhuna
गाउँदाखेरिको लय वा स्वरक्रमको रीति; गानाको विशेष स्वरकम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाउँदाखेरिको लय वा स्वरक्रमको रीति; गानाको विशेष स्वरकम्पन।
२.
नदीनाला, छाँगाछहरा आदिबाट निरन्तर रूपमा निस्कने ध्वनि।
३.
कुनै कार्यसिद्धिका निम्तिको यथासाध्य प्रयत्न; भरमग्दुर।
४.
कुनै काम एकचित्त भएर गर्ने प्रवृत्ति; एकाग्रता।
५.
मनको वेग; सुर; लहड; ताना।
६.
सोचविचार।
७.
कुनै विषयप्रतिको चिन्ता; फिक्री।