धोका
Romanized: dhokaa, dhok, dhoka
कसैलाई झुक्याएर वा बहकाएर उसको स्वार्थ तथा बोलीको उल्टो गरिने अनैतिक आचरण; झुटो काम वा व्यवहारद्वारा अरूलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धूकता]
१.
कसैलाई झुक्याएर वा बहकाएर उसको स्वार्थ तथा बोलीको उल्टो गरिने अनैतिक आचरण; झुटो काम वा व्यवहारद्वारा अरूलाई छकाउने वा ढाँट्ने काम; धोखा।
२.
छल; कपट ।
३.
धूर्तता; बेइमानी।