नजरबन्द
Romanized: najaraband, najarabanda
नजरबन्द (najaraband) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नजरबन्द(१)
(विशेषण)
१..
कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको (व्यक्ति)।
२..
स्वतन्त्र छोडिदिएमा देशको शान्तिसुरक्षामा खलल पर्ने आशङ्काले घरमै वा अन्यत्र कुनै ठाउँमा राखिएको वा थुनिएको (व्यक्ति)।
३..
इन्द्रजाल वा सम्मोहन विद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पारिएको।
नजरबन्द(२)
(नाम)
1.
निवारक कानुनअन्तर्गत गरिने नजरबन्द।