नहर
Romanized: nahar, nahara
नहर (nahar) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नहर(१)
(विशेषण [संस्कृत नवल])
1.
भर्खरै फुलेको (रुख); जोत्ने बेला भएको (गोरु)।
नहर(२)
(नाम [संस्कृत स्नायुल])
1.
गाईबस्तुका ढोडनसाबाट बनाइएको, जुत्ता सिउने बलियो धागो।
नहर(३)
(नाम [प्राकृत णवड? संस्कृत नवट])
1.
तासका पत्तीहरूमध्ये नौ फुट्टी भएको पत्ती; गन्जिफा आदिको पत्ती।
नहर(४)
(नाम [फारसी नह])
1.
सिँचाइ, जलपथ वा दुवै कामका निम्ति बनाइएको, नदीजस्तो पानीको स्रोत; ठुलो कुलो।