नाइटो

Romanized: naaito, naito

जरायुज प्राणीको गर्भावस्थामा नाल जोरिने, पेटको शिशुलाई खाद्य प्रदान गर्ने तर जन्मिएपछि भने कुनै खास उपयोगमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नाभिट > प्राकृत णाभिटो > नाहिटो]

१.
जरायुज प्राणीको गर्भावस्थामा नाल जोरिने, पेटको शिशुलाई खाद्य प्रदान गर्ने तर जन्मिएपछि भने कुनै खास उपयोगमा नआउने पेटका माझको खाल्टो।
२.
मदानीको मथ्नेतिरको तल्लो छेउ; सूर्यदर्शन गराउनु हुँदैन भन्ने विश्वासले मदानी कोठाबाहिर लग्नुपरेमा पातले छोपेर मात्र बाहिर ल्याइने मदानीको सोही भाग।

सम्बन्धित शब्दहरू