नाद
Romanized: naada, naad, nad, nada
नाद (naada) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाद(१)
1.
ना. [मै. ] बस्तुभाउलाई घाँस, ढुटो आदि खान दिने हुँड वा आरी (प्रायः काठ वा सिमन्टीको)।
नाद(२)
१..
झङ्कारका साथ सुश्राव्य रूपमा उच्चारित हुने ध्वनि; घोष ध्वनि।
२..
शब्द; ध्वनि; आवाज।
३..
ठुलो शब्द; गर्जन।
४..
वर्णको अव्यक्त मूल रूप।
५..
अनुनासिक वर्ण।
६..
सङ्गीतशास्त्रका अनुसार हृदयमा नाभिस्थानभन्दा माथि रहेको वायुका सहायताले उत्पन्न भई मुखबाट प्रसारित हुने ध्वनि।
७..
हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा अभ्यास गर्ने साधकले सुन्ने शब्द; त्यस्तो साधकको मस्तिष्कमा उब्जेको सुमधुर शब्द वा उसद्द्वारा निस्केको मधुर ध्वनि।
८..
एक किसिमको वाद्यरहित लयात्मक आवाज।