अनुनाद
Romanized: anunaada, anunaad, anunad, anunada
कुनै ध्वनि वा आवाज आएपछि त्यसबाट उत्पन्न कम्पनको फलस्वरूप प्रकट हुने दोस्रो ध्वनि वा ध्वनितरङ्ग; प्रतिध्वनि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै ध्वनि वा आवाज आएपछि त्यसबाट उत्पन्न कम्पनको फलस्वरूप प्रकट हुने दोस्रो ध्वनि वा ध्वनितरङ्ग; प्रतिध्वनि; रन्को।
२.
नादविज्ञानअन्तर्गत एकै प्रकारका दुई सूक्ष्मनादका योगबाट उत्पन्न हुने गम्भीर तथा स्थूल नाद।
३.
सङ्गीतमा वाद्यवादन गर्दा हुने कम्पनबाट प्राप्त भएको गमक।