नारा
Romanized: naaraa, naara, naraa, naar
नारा (naaraa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नारा(१)
(नाम [अरबी नअर])
१..
कुनै संस्था वा व्यक्तिहरूले आफूले गरेको माग तथा अँगालेको विचार सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि गरिने उद्घोष।
२..
ठुलो आवाज; कुनै कुराको फलाको।
नारा(२)
(नाम [नार्+आ])
1.
हल्लैंड।
नारा(३)
(नाम [भोट-बर्मेली])
1.
हिउँ पग्लेका बेलामा नेपाल र भोटका बिच आवतजावत गर्ने, जुम्ला जिल्लाको १६,०८५ फिट अग्लो एक भन्ज्याङ।