निचोर्नु

Romanized: nichornu, nicornu

हातले वा अन्य कुनै साधनले दुईतिरबाट च्यापेर वा अँठ्याएर कुनै वस्तुको रस चुहिने गरी निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत निच्युतन]

१.
हातले वा अन्य कुनै साधनले दुईतिरबाट च्यापेर वा अँठ्याएर कुनै वस्तुको रस चुहिने गरी निकाल्नु।
२.
बेसरी थिच्नु।
३.
भएजति सबै झक्नु; निथार्नु।
४.
कुनै जुक्ति-बुद्धिले अर्काको मनको कुरा लिनु।
५.
माड्नु; मिच्नु।

सम्बन्धित शब्दहरू