निर

Romanized: nir, nira

निर (nir) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निर(१)

(नाम [संस्कृत नील])
१..
निलो रङ।
२..
निलो रङको एक प्रकारको मणि; नीलमणि।

निर(२)

(नाम [संस्कृत नीली])
1.
बाटुला आकारका ससाना पात हुने, प्याजी रङका फूल फुल्ने, लामालामा कोसा फल्ने एक प्रकारको सानो बोट। (आयुर्वेदमा यसको गुण पेटसम्बन्धी रोगलाई नाश गर्ने बताइएको छ)।

निर(३)

(नामयोगी [संस्कृत निकट])
१..
समीप; नजिक; नेर।
२..
सँगसँगै; आसपास। (उदा.- राम मनिर बस्यो।)
३..
(क्रियाविशेषण) निकटमा; समीपमा। (उदा.- ऊ अलि-अलि गर्दै निरनिर आइपुग्यो)।

उदाहरण वाक्य

  • राम मनिर बस्यो।

सम्बन्धित शब्दहरू