पखेटा
Romanized: pakhetaa, pakhet, pakheta
चराचुरुङ्गीका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिँजिने र साधारण अवस्थामा जिउमै लेप्सिने, विशेष प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पक्षट]
१.
चराचुरुङ्गीका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिँजिने र साधारण अवस्थामा जिउमै लेप्सिने, विशेष प्रकारको अङ्ग; पक्षीको उड्ने काममा सहायक अङ्ग।
२.
पाश्र्व।
३.
दुईपाखे छानु भएको घरका छानाको कुनै एक पाखो।
४.
पहाडका दुईतिरका पाखामध्ये कुनै एक पाखो।