पट्ट

Romanized: patt, patta

पट्ट (patt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पट्ट(१)

१..
भाँडा फुट्दा वा काठ आदि भाँचिंदा झै आवाज निस्केर।
२..
एकाएक मर्ने किसिमले; भुतुक्क।
३..
एकाएक कुनै काम हुने वा गर्ने चालमा; चट्ट; छट्ट।
४..
एकदम; बिलकुल; पटक्क; कुनै पनि हालतमा (उदा.-ऊ मैले भनेको पट्ट मान्दैन।)।

पट्ट(२)

१..
अँगारले कालो लगाइएको खरीले लेख्ने काठको फल्याक; पाटी।
२..
धुलो हालेर सिन्काले लेखिने काठको फल्याक।
३..
पिरा; पिर्का।
४..
राजाज्ञा, दानपत्र आदि लेखिएको धातु, शिला, छाला, कागत आदिको पातो वा पत्र।
५..
युद्धमा छातीमा लगाइने ढाल।
६..
पगरी।
७..
राजपाट। ८ कपडा; पट।
९..
राजसिंहासन।
१०..
रेसम।
११..
पदक; तक्मा।
१२..
(विशेषण) प्रधान; मुख्य।

उदाहरण वाक्य

  • ऊ मैले भनेको पट्ट मान्दैन।

सम्बन्धित शब्दहरू