पतन
Romanized: patan, patana
माथिबाट तलतिरको खसाइ; गिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
माथिबाट तलतिरको खसाइ; गिराइ।
२.
उन्नति, वैभव, पद मर्यादा आदिबाट तल झरेको अवस्था; अवनति।
३.
जातिच्युत हुने वा भएको अवस्था।
४.
नाश; विध्वंस।
५.
मृत्यु; मरण।