पति

Romanized: pati

कुनै वस्तु वा व्यक्तिको धनी वा स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा व्यक्तिको धनी वा स्वामी।
२.
कुनै विवाहिता स्त्रीको लोग्ने; पोइ; कान्त।
३.
राष्ट्रको सर्वोच्च शासक।
४.
पाशुपत दर्शनअनुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त (जगत्को सृष्टि, स्थिति र संहारका कारण) महेश्वर ।
५.
इज्जत; आबरु; पती; मान; प्रतिष्ठा।
६.
जरो; मूल।
७.
शाही सेनाको एक उच्च पदाधिकारी; कमान्डर (जस्तो- चमूपति)।

सम्बन्धित शब्दहरू