पन्जा

Romanized: panjaa, panj, panja

हात वा गोडाका पाँच औंलाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पन्ज, संस्कृत पञ्च+आ]

१.
हात वा गोडाका पाँच औंलाको समूह।
२.
पाँच औंलासहितको हत्केलो; लबटो; पौंजा।
३.
तास वा गन्जिफाको पाँच फुट्टीको पत्ती।
४.
पाँच, नौ र एक कौडा ठाडा हुँदा पर्ने जुवाको खेलको एक दाउ।
५.
पासाको खेलमा दुई पासामा दुवा-दुवा र एक पासामा पोट पर्दा हुने एक दाउ।
६.
गलैंचा बुन्दा तानको तनोट र बुनोटको धागो मिलाउन ठोकिने साधन।
७.
पाँच औंलालगायत हत्केलादेखि मणिबन्धसम्म वा त्यसभन्दा केही माथिसम्म लगाइने सुती, ऊनी, प्लास्टिक, छाला आदिको खोल।

सम्बन्धित शब्दहरू