परिणत
Romanized: parinat, parinata
खुबसँग झुकेको; बेसरी नुहेको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुबसँग झुकेको; बेसरी नुहेको ।
२.
नम्र; विनम्र; विनीत।
३.
एक रूपबाट अर्का रूपमा बदलिएको; रूपान्तर भएको; स्वरूप बदलेको।
४.
पाकेको; परिपक्व भएको;
५.
पचेको; हजम भएको।
६.
उमेर छिप्पिएको वा पुगेको; पाको; प्रौढ।