परिभाषा
Romanized: paribhaashaa, paribhaasha, paribhashaa, paribhaasaa
कुनै शब्द वा पदको अर्थ वा भाव निश्चित रूपमा स्पष्ट गर्ने कथन; व्याख्या; लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै शब्द वा पदको अर्थ वा भाव निश्चित रूपमा स्पष्ट गर्ने कथन; व्याख्या; लक्षण।
२.
कुनै कुराको सामान्य गुण र विशेष गुण दुवैको उल्लेख गरी दिइएको परिचय।
३.
कुनै वस्तुको स्वरूप, गुण, विशेषता आदिको यथार्थ ज्ञान गराउने लक्षण।
४.
कुनै शास्त्र वा विद्याका क्षेत्रमा विशिष्ट अर्थमा प्रयुक्त हुने शब्द; पारिभाषिक शब्द।
५.
आफूले प्रयोग गर्नाका निम्ति शास्त्रकारहरूले रचेका विशिष्ट संज्ञा।
६.
कुराकानी; वार्तालाप।
७.
टीका; व्याख्या।