पर्दा

Romanized: pardaa, pard, parda

भित्रको दृश्य बाहिरबाट नदेखियोस् भनी झ्याल-ढोकामा झुन्ड्याइने कपडा आदिको आवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पर्द]

१.
भित्रको दृश्य बाहिरबाट नदेखियोस् भनी झ्याल-ढोकामा झुन्ड्याइने कपडा आदिको आवरण।
२.
स्त्रीजातिले मुख छोप्न आवरणको रूपमा प्रयोग गर्ने घुम्टो आदि।
३.
नाटक वा चलचित्रको पट।
४.
अदेखा वा अछेका प्रथा।
५.
मर्यादा वा इज्जत।
६.
आँखाको नानीमा मोतियाबिन्दु हुँदा लाग्ने जालो।
७.
हार्बिन, प्यानो आदि बजाउँदा औंलाले दबाउने अवयव।
८.
पुराना शैलीका मयलपोसमा छातीनेर निकालिने एक फेसन।

सम्बन्धित शब्दहरू