पलाउनु
Romanized: palaaunu, palaunu
पलाउनु (palaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पलाउनु(१)
(प्रेरणार्थक क्रिया)
१..
पाल्न लाउनु।
पलाउनु(२)
(अकर्मक क्रिया [√ पल्हाउनु])
१..
बोटबिरुवा आदिमा पात, आँकुरा आदि निस्कनु; पालुवा वा पल्लव उत्पन्न हुनु, पल्लवित हुनु; पाउला हाल्नु; टुसाउनु; मुजुरा निस्कनु।
२..
घाउ, खटिरा आदिले खाल्टो परेका ठाउँमा मासु भरिएर आउनु।
३..
काटेको वस्तु (नङ, केश, हाँगो आदि) फेरि विकसित भएर आउनु।
४..
विपन्न अवस्थाबाट सम्पन्न अवस्थातिर लाग्नु।
५..
मनमा दया उब्जनु।
६..
उत्पन्न हुनु; उदय हुनु, उन्नति हुनु।