पहेली
Romanized: pahelee, pahelii, paheli
भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रहेलिका]
१.
भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य; उत्तर लुकेको प्रश्न; अत्तो; कूट; प्रहेलिका; अड्को।
२.
हत्तपत्त बुझ्न नसकिने जटिल कुरो; कठिन समस्या।
३.
गम्भीर रहस्य।