पाउनु
Romanized: paaunu, paunu
खोजेर वा नखोजीकन कुनै वस्तुलाई भेट्टाउनु; प्राप्त गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्रापण]
१.
खोजेर वा नखोजीकन कुनै वस्तुलाई भेट्टाउनु; प्राप्त गर्नु।
२.
हराएको वस्तु फेला पर्नु; भेट्टाउनु।
३.
ज्ञानेन्द्रियमार्फत अनुभव ग्रहण गर्नु।
४.
सक्नु; समर्थ हुनु।
५.
जन्माउनु; पैदा गर्नु; जन्म दिनु।
६.
आतिथेयले वा भान्सेले दिएको भोजन खाने मान्छेले स्वीकार गर्नु।
७.
कसैले दिएको केही कुरो कसैले लिनु।