पान
Romanized: paana, paan, pan, pana
पिउने काम; पन्यालो पदार्थ वा धुवाँ निल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पिउने काम; पन्यालो पदार्थ वा धुवाँ निल्ने काम।
२.
पिइने पदार्थ; पेय पदार्थ।
३.
चुम्बन; म्वाइँ। [पञ्च] ना. /
४.
(विशेषण)
'पाँच' शब्दको अपभ्रंश रूप[सं. पानीय> पानी]
५.
समास भएका केही शब्दको आरम्भमा देखिने 'पानी' को सङ्क्षिप्त रूप (जस्तै- पानढिकी, पानडोको इ.)।[सं. पर्ण (=पात)]
६.
पिपल का पातका आकारका पात हुने एक प्रसिद्ध लहरो; ताम्बुली; खयर, चुन आदि हालेर खाइने, आयुर्वेदमा रक्तवर्धक, कफनाशक, बलवर्द्धक र रुचिकारक गुण बताइएको त्यसैको पात।
७.
खयर, चुन, सुपारी आदि हाली बनाइएको सोही पातको खिली।
८.
पानकै पातका आकारका राता फुट्टी हुने तासका चक्कीको एक प्रकार।