पाप
Romanized: paapa, paap, pap, papa
धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक- परलोक दुवैमा अशुभ फल दिने कार्य; कुकर्म; पातक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक- परलोक दुवैमा अशुभ फल दिने कार्य; कुकर्म; पातक।
२.
कुकृत्यको फल; कुकर्मको परिणाम।
३.
अपराध; कसुर; दोष।
४.
मनमा उत्पन्न खराब नियत।
५.
झन्झट; भ्याउलो।
६.
हिंसा; आघात।
७.
अरूलाई पुऱ्याइने हानि।
८.
चारित्रिक वा नैतिक पतन हुने आचरण।