पालि
Romanized: paali, pali
पालि (paali) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पालि(१)
(नाम [यो. पालो+इ])
1.
पालामा; पटक; बाजि (यसपालि, पहिलोपालि इ.)।
पालि(२)
(नाम [संस्कृत])
१..
पङ्क्ति; श्रेणी।
२..
गालाको माथिल्लो भाग।
३..
किनारा; छेउ।
४..
कानको उठेको भाग।
५..
साँघु।
६..
काख; कोख।
७..
लाम्चो छाँटको तलाउ।
८..
नदी वा बाटामाथि वारिदेखि पारिसम्म पवित्र वृक्षका पात, फूल आदि जडेर टाँगिने डोरी; तोरण।
पालि(३)
(नाम [संस्कृत])
१..
बुद्धले दिएका उपदेशहरू सङ्कलन गरिएको बौद्धहरूको संस्कृतभन्दा पहिलेको भाषा।
२..
अर्धमागधी इलाकामा बोलिए तापनि अर्धमागधीसँग निकै भिन्न सोही लेख्य भाषा; सिंहली वा एलुको पूर्वरूप।