पिँध्नु
Romanized: pindhnu, pimdhnu
घट्ट, जाँतो वा त्यस्तै प्रकारका यान्त्रिक उपकरणका सहायताले अन्न आदिलाई पिठो पार्नु; खल, सिलौटो आदिमा राखेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत पिष्ट=पेषण]
१.
घट्ट, जाँतो वा त्यस्तै प्रकारका यान्त्रिक उपकरणका सहायताले अन्न आदिलाई पिठो पार्नु; खल, सिलौटो आदिमा राखेर नुन, मसला आदि मसिनो पार्नु; चूर्ण पार्नु; पिन्नु; पिस्नु।
२.
अर्कालाई थिचोमिचो गर्नु; लेथ्नो पार्नु, दमन गर्नु; हेप्नु।