पिर
Romanized: pir, pira
पिर (pir) शब्दका 5 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पिर(१)
(सकर्मक क्रिया [संस्कृत पीडन])
१..
नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु; दुःख दिनु।
२..
नचाहिँदो वा दिक्कलाग्दो कुरा बारबार गरिरहनु; कचकच गर्नु; टोकस्नु।
३..
भूतप्रेत आदिका कारणले गर्दा कुनै घर-जग्गा आदि नफाप्नु; पिरपिराउ हुनु।
पिर(२)
(नाम)
1.
डन्डीबियोका खेल खेल्दै जाँदा अवस्थानुसार भनिने सातको सङ्ख्या; सिट्ट्ठो।
पिर(३)
(नाम)
1.
सल्लाको पात; पिरल; पिरौल; सल्लेपिर; सल्लेबिर।
पिर(४)
(नाम [फारसी])
१..
पुजारी।
२..
साधुसमाज वा मठका अधिष्ठाता; मठाधीश; महन्त (खास गरी गोरखपन्थमा)।
३..
मुसलमानहरूका सिद्ध महात्मा; मुसलमानहरूका धर्मगुरु।
पिर(५)
(नाम [संस्कृत पीडा])
१..
कुनै हानिनोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; चिन्ता।
२..
डन्डीबियो आदिका खेलमा बाजी हार्नेलाई जित्नेले लाउने एक किसिमको दण्ड; पिर।