पिरोल्नु

Romanized: pirolnu

कुनै वस्तु बारबार मागेर वा कुनै कामकुरो बारबार गरेर अर्कालाई पिर पार्नु; पिरलोमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [पिरलो+नु]

१.
कुनै वस्तु बारबार मागेर वा कुनै कामकुरो बारबार गरेर अर्कालाई पिर पार्नु; पिरलोमा पार्नु।
२.
कुनै कामकुरो बारबार गरेर अर्कालाई कष्ट दिनु; दुःख दिनु।
३.
टोकस्नु; कचकच गर्नु।
४.
पोल्नु; डढाउनु।

सम्बन्धित शब्दहरू