पुराण
Romanized: puraana, puraan, puran, purana
सृष्टि, स्थिति, लय आदिका साथै प्राचीन ऋषि, मन्वन्तर, राजवंश आदिका वृत्तान्त र देवी, देवता, तीर्थ आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सृष्टि, स्थिति, लय आदिका साथै प्राचीन ऋषि, मन्वन्तर, राजवंश आदिका वृत्तान्त र देवी, देवता, तीर्थ आदिका माहात्म्यको समेत वर्णन गरिएका प्रसिद्ध अठार हिन्दु धर्मग्रन्थमध्ये कुनै एक।
२.
हिन्दु समाजमा परम्परादेखि चलिआएका मनुष्य, देवता, दानव आदिका कथा।
३.
सृष्टि र सृष्टिदेखि भएका घटनाको सविस्तार वर्णन।
४.
लिच्छविकालीन नेपालमा प्रचलित चाँदीको टक; कार्षापण।
५.
(विशेषण)
धेरै समयदेखि चलिआएको; पुरानो; प्राचीन।
६.
थोत्रो; जीर्ण।