पुरी

Romanized: puree, purii, puri

पुरी (puree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पुरी(१)

(नाम [संस्कृत])
१..
नगर।
२..
भारतको उडिसा प्रान्तमा रहेको (हिन्दुहरूको) प्रसिद्ध तीर्थस्थल; हिन्दुहरूका चार धाममध्ये एक धाम; जगन्नाथ धाम।
३..
दशनामी सन्न्यासीहरूको एक सम्प्रदाय।
४..
डर, रिस, गन्ध आदि भाव ज्यादै मात्रामा भएको व्यक्ति (रिसको पुरी, डरको पुरी, गन्धपुरी इ.)।

पुरी(२)

(नाम [संस्कृत पूरिका])
1.
राम्ररी मुछेर र बेलेर बाटुलो बनाई तातो घिउमा डुबाएर बनाइएको गहुँको पिठाको रोटी; खरो गरी पकाइएको स्वारी; पुडी; पुरी।

सम्बन्धित शब्दहरू