पेटी

Romanized: petee, petii, peti

एक प्रकारको सानो सन्दुस; सानो पेटारो; पेटारी; पेटिका। [सं. पट+ई] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक प्रकारको सानो सन्दुस; सानो पेटारो; पेटारी; पेटिका। [सं. पट+ई]
२.
जगमा पानी नबसोस् भन्ने उद्देश्यले र गाराका सुरक्षाका लागि समेत घरका वरिपरि बलियोसँग बनाइएको आड; बलेनीभित्र उठाइएको डिल।
३.
मानिसहरू पैदल हिँडून् भन्नाका लागि सडकका छेउमा केही अग्ला पारेर बनाएको डिल; फुटपाथ। [पेट+ई]
४.
कमरमा बाँध्ने छाला आदिको फित्ता; कमरपेटी; कमरबन्दी।
५.
पातलो, चेप्टो, बाक्लो वस्तु; फित्ता।
६.
घर आदिको भित्तामा तल- माथि अलगअलग रङ लगाउँदा देखिने पाटा।
७.
मिलका चक्कालाई इन्जिनसँग जोडी घुमाउने काममा प्रयोग गरिने साधन; मिलको फित्ता (अङ्. बेल्ट)।

सम्बन्धित शब्दहरू