पैठ

Romanized: paith, paitha

कुनै गह्रौँ वस्तु बोक्ता, तान्दा वा थाप्नुपर्दा लिइने आवश्यक आड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रतिष्ठ]

१.
कुनै गह्रौँ वस्तु बोक्ता, तान्दा वा थाप्नुपर्दा लिइने आवश्यक आड।
२.
बलपूर्वक प्रवेश गर्ने काम (जस्तो- घुसपैठ)।
३.
कुनै वस्तुलाई ठेल्ने वा पेल्ने काम; घच्याट्ने काम; पेलाइ।
४.
आड-भरोसा; सहारा।
५.
खेल्ने खालमा अगिल्तिर नगद नराखी अरूले थाहा नपाउने गरी गुप्त रूपबाट लेनदेन गरी खेलिने जुवा।

सम्बन्धित शब्दहरू