प्रजातन्त्र
Romanized: prajaatantra, prajaatantr, prajatantr, prajatantra
प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासनव्यवस्था; जनप्रतिनिधिका हातमा शासनसत्ता भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासनव्यवस्था; जनप्रतिनिधिका हातमा शासनसत्ता भएको राज्यव्यवस्था।
२.
जनताद्वारा जनताका लागि जनताकै रायसल्लाहबाट चलाइने शासन।