प्रति
Romanized: prati
तिर; तर्फ; पट्टि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [संस्कृत]
१.
तिर; तर्फ; पट्टि ।
२.
माथि; उपर।
३.
बारे; विषयमा; सम्बन्धमा; निमित्त ।
४.
(नाम)
कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या; कुनै जिन्सीको एकाइ; गोटा; थान; अदत।
५.
(उपसर्ग)
शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै- प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ.)।