प्रत्यादेश
Romanized: pratyaadesha, pratyaadesh, pratyadesha, pratyaadesa
भइरहेको कुनै आदेशका बदलामा आएको आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भइरहेको कुनै आदेशका बदलामा आएको आदेश।
२.
कुनै कुराको प्रत्याख्यान; निराकरण।
३.
कुनै कुराको अस्वीकृति; नामन्जुरी।
४.
माथिल्ला तहको अधिकारीले दिएको कुनै आदेशलाई मध्यवर्ती अधिकारीले तल्ला तहका कर्मचारीसमक्ष पुऱ्याउने काम; माथिल्लो तहको कर्मचारीअनुसार तल्ला तहका कर्मचारीलाई आदेश दिने काम।